एग्रो टुरिजमले कोसेली घर खोल्ने

पोखरा ।
पोखराको एग्रो टुरिजम सहकारी संस्थाले कोसेली घर तथा नमुना सहकारी ग्राम खोल्ने भएको छ । ग्रामीण भेगका कृषिजन्य उत्पादनको बजारीकरण सहज बनाउन तथा आयआर्जनमा वृद्धि गर्न सहकारीले तेस्रो वार्षिक साधारणसभामा यस्तो प्रस्ताव गरेको हो ।
शनिबार साधारणसभामा संस्था अध्यक्ष डिल्लीराम बरालले कृषि पर्यटनमा टेवा पुग्ने गरी पोखरामा छिट्टै कोसेली घर निर्माण गरिने बताए । तत्काल १५ लाख अतिरिक्त सेयरलाई बिउपुँजीको रुपमा प्रयोग गरिनेछ । जसमा वडा कार्यालय, पोखरा महानगर, कृषि ज्ञान केन्द्र, पर्यटनसम्बद्ध संघ, संस्था लगायतको समन्वयमा निर्माण गरिने कोसेलीघरमा पोखरा घुम्न आउने पर्यटक तथा सहकारी भ्रमणमा आउनेका लागि एक गन्तव्य बन्ने अपेक्षा उनले गरे ।
‘आजको सहकारी, उत्पादनमा साझेदारी’ नाराका साथ सहकारीले ठूलो परिणाममा कृषि उत्पादन गर्ने, बजारीकरण र भण्डारीकरणमा सघाउने लक्ष्य लिएको अध्यक्ष बरालले बताए । उनले संस्थाको गत आवको आयव्यय पनि सार्वजनिक गरे । सहाकरील्े ६ करोड ४२ लाखको कारोबार गरेको छ । पोखरा महानगरका ३३ वटै वडामा कार्यक्षेत्र रहेको सहकारीमा हाल ३ सय ६२ सेयर सदस्य छन् ।
कार्यक्रममा पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देल, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, अग्रसर सहकारीका अध्यक्ष रजनी कोइराला लगायतले बोलेका थिए ।
पत्रकार नेपाल लगायत सम्मानित
साधारणसभामा सहकारीले विभिन्न विधा तथा शीर्षकमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । एग्रो टुरिजम सञ्चारकर्मी सम्मानबाट पत्रकार विजय नेपाल सम्मानित भए । आदर्श समाज दैनिकका कार्यकारी सम्पादक एवं राजधानी दैनिकका संवाददाता नेपाललाई नगद, दोसल्ला, मायाको चिनो र सम्मानपत्रसहित सम्मान गरिएको हो । यसअघि उक्त सम्मान राष्ट्रि समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई प्रदान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट मुद्दति बचतकर्ता मनुमाया खत्री, दैनिकी बचतकर्ता लक्ष्मी पोखरेल, शिवप्रसाद पौडेल, सुरेश अधिकारी, खुत्रुके बचतकर्ता विनिशा शर्मा, निर्भान विक्रम त्रिपाठी, असल ऋणी विष्णु आचार्य, विष्णुप्रसाद आचार्य, कृषि उद्यमी व्यवसायबाट कल्पना लामिछाने, उत्कृष्ट कर्मचारी सम्मान कावा व्यवस्थापक आस्था नेपालीले पाइन् ।
ज्येष्ठ नागरिकतर्फ जशोदा बस्नेत र योगराज पौडेल तथा एसइईमा ४ जिपिए ल्याउने आयुष पराजुली सम्मानित भए । एसइई उत्तीर्ण हुने अंकित आचार्य, सुशान बिक, सरगम गिरी, शुभेक्षा आचार्य, प्लस टु उत्तीर्ण संगम पौडेल, स्पृहा गिरी, प्रकृति नेपाली, स्नातकतर्फ सन्कृपा सिग्देल, अशीष भण्डारी, सहनशील पौडेल सम्मानित भए ।
सो अवसरमा कृषि ज्ञान केन्द्रका सिग्देल र पोखरा महानगरका कडरियाले शेयर सदस्यलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमाम सञ्चालक समिति सदस्य निरा पोखरेल आचार्य, उपाध्यक्ष टीकाराम पौडेल र सचिव बाबुराम सुवेदीले पनि बोलेका थिए ।









प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया