स्थानीय तह कर्मचारी संघमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८१ असोज १३ गते १३:४०
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

पोखरा ।
स्थानीय तह कर्मचारी संघ नेपालका गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन तथा कास्की जिल्ला र पोखरा महानगरपालिका नगर कमिटीका पाँचौ अधिवेशन शुक्रबार भएका छन् ।

Advertisement


अधिवेशनले इन्जिनियर रविचन्द्र घिमिरेको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । कमिटीमा उपाध्यक्ष सुवासबाबु श्रेष्ठ र मञ्जु गुरुङ, सचिव लीलाधर पराजुली, सहसचिव राजेश पुरी र कोषाध्यक्षमा कल्पना पौडेल छन् । प्रदेश सदस्यमा रीता कार्की, शिवराज मिश्र, बुद्धिराज शर्मा, गंगा भुषाल, कुशुम खड्का र अर्जुन सुवेदी चुनिएका छन् ।


अधिवेशनले राजेन्द्र पौडेलको अध्यक्षतमा जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा रुद्रप्रसाद बस्ताकोटी, सचिव सञ्जयदत्त ढकाल, सहसचिव टीका लामिछाने र कोषाध्यक्षमा सूर्य पाण्डे छन् । कमिटीका सदस्यहरुमा अशोक परियार, सरिता अधिकारी, भूपदेव अधिकारी, ठाकुर शर्मा र गौरा रिमाल छन् ।

Advertisement


यसैगरी, पोखरा महानगरको अधिवेशनबाट रेशम जिसी अध्यक्ष निर्वाचित भएका छन् । उपाध्यक्षमा सूर्य नेपाली, सचिव विष्णुप्रसाद लामिछाने, सहसचिव सन्देश सापकोटा र कोषाध्यक्षमा मैना बास्तोला छन् । ११ सदस्यीय कमिटीका सदस्यमा रामजी जिसी, रोशनी थापा, सुवास गायक, प्रिती गुरुङ, गणेश गिरी, कमला पराजुली र त्रिलोचन लामिछाने छन् ।


कार्यक्रममा एमाले स्थायी समिति सदस्यसमेत रहेका गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद शर्मा, एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्री, एमाले नगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, पोखरा महानगरपालिका सार्वजनिक लेखा समिति संयोजक झपट रानाभाट, रूपा गाउँपालिका अध्यक्ष नवराज ओझा, पेशागत महासंघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र रिमाल, निजामति कर्मचारी संगठन गण्डकी प्रदेश अध्यक्ष डोलराज पराजुली केन्द्रीय सदस्य राममणि ढुंगाना, महेन्द्रबहादुर गोदार, हर्कबहादुर गायक लगायतले बोलेका थिए ।

Advertisement


स्थानीय निकाय केन्द्रीय कमिटी लेखा आयोगका संयोजक छविलाल शर्माको नेतृत्वमा रहेको कमिटीले तीन वटै तहमा नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो ।

तपाईको प्रतिक्रिया