असल छिमेकी सहयोग संघको साधारण सभा

पोखरा ।
असल छिमेकी सहयोग संघ (गोनेसा)नेपालको २२ औं साधारण सभा तथा १० औं अधिवेशन शनिबार भएको छ । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परीक्षणसमेत गरिएको छ ।
साधारण सभाले महासचिव श्याम कुँवरले पेश गरेको आर्थिक वर्ष १०८०/०८१ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष निरमाया गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गर्ने टेम्पल ट्रि रिसोर्ट एन्ड स्पाका सञ्चालक वसन्त गौतम, असल छिमेकी बचत तथा ऋण सहकारी, शितला मावि फेदीखोला आरुखर्क गलेम, मसिना आधारभूत विद्यालय पोखरा १८ खाल्टे मसिना, गोस्ती बाल विकास केन्द्र पोखरा १९ लाई कदरपत्रसहित सम्मान गरिएको छ ।
नेपाल नेत्रहीन संघका केन्द्रीय अध्यक्षमा निर्वाचित संस्थाका कार्यसमितिका सदस्य शिशिर खनाललाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
अधिवेशनले अध्यक्ष रामप्रसाद सुवेदीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे छ । उपाध्यक्ष सीता परियार, महासचिव श्यामनाथ कुँवर काेषाध्यक्ष, निरमाया गुरुङ निर्वाचित भएका छन् । कार्यसमितिकाे सदस्यमा किरण गाैतम, केसु भुजेल, सवनम शर्मा, शिशिर खनाल र लक्ष्मण गिरी निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक रामप्रसाद घिमीरेले जानकारी दिए । प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले अधिवेशन उद्घाटन गर्दै कर्तव्य विनाको अधिकारको अर्थ नहुने बताए । उनले उत्तरदायित्व विनाको प्रतिफल खोज्नु गलत हुने टिप्पणी गरे ।
बैरागीले सामाजिक संस्था राज्यका निकाय पुग्न नसकेको क्षेत्रमा काम गर्ने साझेदार निकाय भएको बताए । ‘संस्थाले विपन्न र कठिन परिस्थितिका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको क्षेत्रमा कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्न सके समृद्धि हासिल गर्न सकिन्छ ।’ उनले भूमिहीन सुकुम्बासी क्षेत्रका बालबालिकाको शिक्षा स्वास्थ्यका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महानगरले बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक संघ, संस्थासँग सहकार्य गरेको उल्लेख गरे । जिल्ला समन्वय समिति कास्कीका सदस्य सीतादेवी विश्वकर्माले सामाजिक संघ, संस्थाले शिक्षा स्वास्थ्यको सुधारको अलवा मानवीय क्षेत्रको विकासमा योगदान पुर्याएको जानकारी दिइन् ।
संस्थाका निवर्तमान अध्यक्ष गुरुङले संस्थालाई समयानुकल सञ्चालनको लागि आवश्यक नीति निर्माण लगायतका सवालमा ध्यान दिने बताए । उनले कार्ययोजना निर्माण गरी संस्थागत विकास र दिगोपनाका लागि काम गर्ने उल्लेख गरे ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष डा बुद्धिबहादुर थापा, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, संस्थाका कार्यसमितिका सदस्यहरु केशकुमारी भुजेल र सवनम शर्मा, कार्यक्रम निर्देशक शिवराज शर्मा सुवेदी, सामाजिक परीक्षक बबिन नेपाली, दातृ संस्था भिष्पे इटालीका प्रतिनिधि माउरीजिओ लगायतले संघ, संस्थाले सामाजिक क्षेत्रमा गरेको योगदानबारे चर्चा गरेका थिए ।









फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया