खानेपानी टंकी हस्तातरण

समाधान संवाददाता २०८१ असोज १३ गते १६:२४

असोज ।
लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजना रनिमेड कलेज युकेको २ लाख आर्थिक सहयोगमा स्याङजा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर १ मट्टीखान स्थित चण्डीडाँडा उच्च माविमा निर्मित १० हजार लिटरको पानी टंकी लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ जे का डिस्ट्रिक गभर्नर मिलन थापाले उद्घाटन गरिन् ।

Advertisement


लायन्सले दुर्गम स्थान आएर पनि खानेपानी अभाब भएको विद्यालयलाई शुद्ध खानोपानीको व्यवस्था गरेकोमा रनिमेड युकेका विद्यार्थीहरुलाई धन्यवाद दिए । परियोजना निर्देशक सोनाम साङपोले जहाँ आवश्यकता त्यहाँ लायन्स ७ वर्षदेखि लगातार पोखराका वरिपरिका सरकारी विद्यालयलाई सहयोग गर्दै आएको यो विद्यालय ४६ औं विद्यालय रहेको जानाकारी दिए ।


फेदीखोला गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अमृत क्षेत्रीले वडामा बजेटको अभावबाट विद्यालयलाई सहयोग गर्न नसकेको लायन्स क्लब यो विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य खेमराज पोखरेलले लायन्स हुनेले नहुनेलाई सहयोग गरेकोमा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोसाक सहयोग गरेकोमा धन्यवाद दिए ।

Advertisement


विद्यालयका प्रधानाध्यापक अमृतकुमार श्रेष्ठले खानेपानी टंकी नपुग रकम बिद्यालयले ब्यहोरेको र आगामी दिनहरुमा पनि लायन्स क्लबको सहयोगको अपेक्षा गरे । कोषाध्यक्ष लीलाबहादुर गुरुङले स्वागत र कार्यक्रम सञ्चालन फष्ट लेडी तीर्थ श्रेष्ठले गरिन् । कार्यक्रमको सभापतित्व लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छविले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया