यातायात मजदुरका छोराछोरीलाई सम्मान

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीले २०८० सालको एसइई परीक्षामा उत्तीर्ण यातायात मजदुरका छोरा छोरीलाई सम्मान गरेको छ ।
कार्यक्रममा विभिन्न चाडपर्वको सन्दर्भमा शुभकामना आदानप्रदान गर्नुका साथै समसामयिक विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको संगठनका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।
समारोहमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले टे«ड युनियन शिक्षा र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले विद्यार्थी जीवन र सडक सुरक्षाको विषयमा सहजीकरण गरेका छन् ।
कार्यक्रममा सम्मानित हुने विद्यार्थीमा पोखरा पब्लिक स्कुलकी सलिना सुवेदी र रश्मी उदास, प्रतिभा माविका सार्वी पौडेल, मदरल्याण्ड माविका वशन्त तिवारी, जनप्रिय माविका विजय रम्तेल, महेन्द्र माविका मनित राई र सजिना अर्याल, भ्यु पोइन्ट स्कुलका सन्देश विक, सिर्जना माविकी सलिना रिमाल, हिमालय माविका कृष्ण आलेमगर, शान्तिद्धिप माविका सन्तोषबहादुर सार्की, गौरीशंकर माविका सुवर्ण विश्वकर्मा र अम्बिका माविका नसिब थापामगर छन् ।
मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने कामको थालनी
जिफन्ट गण्डकी प्रदेशका अध्यक्ष खत्रीले श्रम ऐन व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए । उनले अनौपचारिक क्षेत्रका मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने कामको थालनी भएको उल्लेख गरे ।
जिफन्टको संस्थापक घटक युनियन संगठनले यातायात मजदुरको हक हितको अलवा रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख पाण्डेले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित रुपमा अभियान चलाएको बताइन् ।
संगठनका गण्डकी प्रदेश कमिटीका अध्यक्ष केसीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको सवाललाई संगठनले प्रमुख एजेण्डा बनाएको जानकारी दिए । उनले सामाजिक सुरक्षा ऐनको चौथो पटक संशोधन भएपछि बनेको कार्यविधिले अनौपचारिक क्षेत्रका मजदुरलाई समेत समेटेको बताए ।
‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा नेपाल यातायात मजदुर संगठनका प्रतिनिधि परिषद्का उपप्रमुख कर्णसिं गुरुङ, संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेशका इञ्चार्ज विष्णुबहादुर पराजुली, संगठनका पूर्व केन्द्रीय सदस्य इन्द्र गुरुङ, संगठन गण्डकीका पूर्व अध्यक्ष आनन्द श्रेष्ठ, गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष बाबुराम राना, सचिव नारायणप्रसाद रिमाल, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन कास्की अध्यक्ष गोपीलाल लामिछाने, नेपाल ट्रक ट्यांकर समन्वय समिति केन्द्रीय सदस्य कृष्णबहादुर राना लगायतले यातायात क्षेत्रको समस्याको बारेमा बोलेका थिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया