गायक रामभक्तले ल्याए ‘सिसा रहेछ’

पोखरा । स्थापित गायक रामभक्त जोजिजुको ‘सिसा रहेछ’ बोलको गीतको म्युजिक भिडियो शनिबार पोखरमा विमोचन गरिएको छ । तेज श्रेष्ठ ‘अञ्जान’ को रचना रहेको गीतमा गायक जोजिजुले संगीत भरेका छन् ।
पोखरा थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले विमोचन गरे । प्रमुख अतिथि सरुभक्तले रामभक्त गायन क्षेत्रमा नेपालको नक्षत्र रहेको भन्दै लगातार २५ वर्ष देखिको निरन्तर मिहेनत र परिश्रमको परिणामले यो उचाइमा पुगेको बताए । उनले पोखरा स्वयं प्रमाणित संगीतको राजधानी सावित भइसकेको भनाइ राखे ।

कार्यक्रममा गीतकार तथा समाजसेवी उमेश सिकेले गायक रामभक्त जोजिजको बारेमा र आफूले सँगै भोगेका विगतका विषयका बारेमा भनाइ राखे ।
पत्रकार कमल कोइरालाले गायक रामभक्त जोजिजुले आफ्m्नो उचाइलाई निरन्तरता अगाडि बढाउँदै गएको र आगामी दिनमा अझै प्रगति र उन्नतिका लागि शुभकामना दिए ।
कार्यक्रममा जेई म्युजिक एकेडेमी फूलबारीका विद्यार्थी संस्कार गौतमले ‘सिसा रहेछ’ बोलको गीत र भुपाली राग प्रस्तुत गरे ।
प्रेमराज पौडेलले ‘उडेर जून’, प्रज्ञान बरालले मायालाई ‘ढाका पछ्यौरी’ बोलको गीत गाए । यसैगरी प्रसिद्धि भुर्तेल, निआ श्रेष्ठ, सायरा गुरुङ, आरोही थापा लगायतले विभिन्न गीत प्रस्तुत गरे ।

कार्यक्रममा सहयोगी, कलाकार, उद्घोषक र कलाकारलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा जेई म्युजिकका कार्यकारी निर्देशक ईतु जोजिजूले सबै सहयोगी हरुलाई धन्यवाद् दिँदै कार्यक्रम समापन गरिन् । कार्यक्रम सञ्चालन अनुज कुलुङले गरेका थिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया