ज्याग्दीखोला साहित्य प्रतिष्ठानले ३ साहित्यकारलाई सम्मान गर्ने

समाधान संवाददाता २०८१ असोज १४ गते १३:३२

पोखरा । ज्याग्दीखोला साहित्य प्रतिष्ठानले ३ साहित्यकारलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ २०८१ प्राडा जगदीशचन्द्र भण्डारीलाई, ‘ज्याग्दीखोला साहित्य सम्मान’ २०८१ रामराज रेग्मीलाई र ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ २०८१ काजी रोशनलाई प्रदान गर्ने भएको हो ।

Advertisement

पुरस्कार तथा सम्मानका लागि प्रतिभा चयन गर्न प्रतिष्ठानले संस्थाका सहसचिव नारायण मरासिनीको संयोजकत्वमा सल्लाहकार टीकाराम वाग्ले र साहित्यकार भीम रानाभाट रहेको ३ सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसअनुरुप यी तिनवटै पुरस्कार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।

ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले मातापिताका नाममा २०७५ सालमा ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’ स्थापना गरेका हुन् । यो पुरस्कार समाजवादी यथार्थवादी अथवा आलोचनात्मक यथार्थवादी धारामा कलम चलाउने स्रष्टा÷द्रष्टालाई प्रदान गरिँदै आएको छ । स्याङ्जामा जन्मी काठमाडौंमा रहेर साधना गरिरहेका जगदीशचन्द्रले प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित हुँदै समालोचना, कवितालगायतका विधामा कलम चलाएका छन् ।

Advertisement

यसैगरी ज्याग्दीखोला साहित्य सम्मान २०८१ का लागि छनोटमा परेका कास्कीका रेग्मी दर्शन शास्त्र, इतिहास र संस्कृतिका क्षेत्रमा सशक्त हस्ताक्षरका रुपमा परिचित छन् । उनी गतिशील चिन्तनमा आधारित वैचारिक लेखक हुन् ।


यसैगरी साहित्य, संगीत तथा कलामा साधना गरी विशिष्ट योगदान पु¥याउने स्रष्टाको सम्मान गर्दे आएका बागलुङका काजी रोशनले यो वर्षको ज्याग्दीखोला साहित्य–कला पुरस्कार प्राप्त गरेका छन् । धवलागिरिको साहित्यिक संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका काजी रोशन विभिन्न पुरस्कारका संस्थापक र सम्पादक पनि हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया