तालवाराहीमा विद्यार्थीहरुको मुटु परीक्षण

समाधान संवाददाता २०८१ असोज १४ गते १३:३६

पोखरा । विश्व मुटु दिवसको अवसरमा पोखराको बैदामस्थित तालवाराही माध्यामिक विद्यालयका विद्यार्थीहरुका लागि निशुल्क मुटु परीक्षण शिविर आयोजना गरिएको छ ।

Advertisement

मुटु रोगको निदान तथा सचेतनामूलक कार्यमा संलग्न रहँदै आएको जयन्ती स्मृति प्रतिष्ठान र लायन्स क्लब अफ पोखरा ग्यालेक्सीको संयुक्त आयोजनामा शिविर गरिएको हो । उक्त अवसरमा मुटुरोग विशेषज्ञ डा. मनोज कोइरालाद्वारा १ सय ५५ जना विद्यार्थीहरुको मुटुको परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा समस्या देखिएका बालबालिकाहरुलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया