बाढीपहिरोमा २ सय ४ जनाको मृत्यु, ३३ जना बेपत्ता

समाधान संवाददाता २०८१ असोज १४ गते १६:४५

पोखरा । तारन्तारको झरीका कारण आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ ।

Advertisement

सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा ८२, वाग्मती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । अझै ३३ जना बेपत्ता छन् ।

सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार देशभर बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार ४ सय १ जनाको सकुशल उद्धार गरिएको छ ।

Advertisement

बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७ सय ८३ घरमा क्षति गरेको छ । बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्‍याएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया