दसैंका लागि नयाँ होइन सुकिला नोट, १ जनाले १८ हजार ५ सयसम्म साट्न पाइने

पोखरा । यसपालिको दसैंमा भान्जाभान्जी, ज्वाइँचेला र चेलिबेटीलाई नयाँ नोट दिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट सट्टा गर्न नपाइने तर सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोख्रेलले विगतका दसैँमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताए ।
उनले यो वर्षको दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताए । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा सुकिला नोटहरू प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दसैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गरे ।
राष्ट्र बैंकसँग तथा बैंकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताए ।
बजारमा प्रशस्तै पुराना नोट प्रयोगमा रहेको जनाएको छ । सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपियाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया