साढे ५ किलो चाँदी सहित भारतीय नागरिक पक्राउ
समाधान संवाददाता
२०८१ असोज १५ गते १६:३५

पोखरा ।
पोखरा महानगरपालिका–३२ मजुवाबाट अवैध रूपमा ल्याइएको चाँदीका गरगहना सहित भारतका ३५ वर्षीय चन्द्र भूषण प्रसाद पक्राउ परेका छन् ।
५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित उनलाई सोमबार इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउजु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान र पाउजुको लक हुक ४ सय ९८ थान बरामद गरिएको प्रहरीले बताएको छ ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया