गगनगौंडा गढीस्थित पशुुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

समाधान संवाददाता २०८१ असोज १६ गते ६:०३

पोखरा, १४ असोज । पोखरा महानगरपालिका वडा नं ३० गगनगौंडा गढीस्थित पशुपतिनाथ मन्दिर परिसरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ ।

Advertisement

शुक्ला गण्डकी नदीको किनारास्थित पोखरा महानगरपालिकाको वडा नं ३०, ३२ र ३३ को संगमस्थल जस्तै बनेको मन्दिरलाई धार्मिक आस्था र विश्वासको गन्तव्यका रुपमा विकास गर्ने पशुपतिनाथ मन्दिर संरक्षण समितिको दीर्घकालीन लक्ष्य रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजु खत्रीले जानकारी दिए ।

धार्मिक एवम् सामाजिक व्यक्तित्व सीता थापाको पहलमा २०७२ साल मंसिर २४ गते समाजसेवी तीर्थ जंगलीले शिलान्यास गरेको मन्दिरलाई त्यस यता विभिन्न संघ संस्था एवम् सहयोग दाताको सहयोगमा वर्तमान अवस्थासम्म ल्याइएको उनले बताए ।
तत्कालीन समयमा कृष्ण केसीले समितिको अध्यक्षता गरेको र २०७९ असोज १ गतेदेखि आफ्नो नेतृत्वमा वर्तमान कार्यसमिति यहाँको प्रवद्र्धन र विकासमा लागिरहेको उनले बताए ।

Advertisement

मन्दिरमा परिसरमा हाल मूल पशुपतिनाथ मन्दिरसँगै सूूर्य नारायण, लक्ष्मी नारायण, गणेश र दुुर्गा मन्दिरसँगै हवन कुण्ड रहेको बताउँदै उनले मन्दिरमा रहेका सबै मूर्तिहरू ढुुंगाले कुँदिएको जानकारी दिए ।

मन्दिरको नियमित पूजा सञ्चालनमा लागि कालिकोट जन्मस्थान रहेका पुुजारी हिमाल बराललाई आवासीय रुपमा राखिएको जानकारी दिँदै उनले प्रत्येक दिन बिहान रुद्री पारायणसहित नियमित पूजाआजा हुने गरेको बताए ।

Advertisement

मन्दिरमा सोह्र श्राद्ध सुरु भएयता श्राद्ध गर्न चाहनेका लागि आवश्यक व्यवस्थासँगै यही असोज १७ गते घटस्थापनाका दिन साँझ ४.३० बजे महाआरती गर्ने कार्यक्रम तय गरिएको छ । घटस्थापनादेखि असोज २५ गतेसम्म नवदुर्गा भवानीको पूजासँगै चण्डीपाठको आयोजना गरिएको छ ।

उनका अनुसार समितिकै सकृयतामा असोज २७ गतेदेखि कात्तिक २७ गतेसम्म हरिबोधनी एकादशीका दिन फूलतार्ने प्रयोजनका लागि गंगा केसी कर्ताका रुपमा छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष तीर्थ जंगलीले शिव शक्ति समूहको सकृयतामा तत्कालीन समयमा सीता थापा मार्फत कृष्ण केसी लगायतका व्यक्तित्वहरूको पहल पश्चात मन्दिरका लागि जग्गा उपलब्ध गराइएको जानकारी दिए ।

समितिका अध्यक्ष राजु खत्रीको अध्यक्षता एवं सचिव प्रेमबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मेघनाथ आचार्य, सल्लाहकार ईश्वरीप्रसाद पौडेल, कोषाध्यक्ष विन्धेश्वरी शाही, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल लगायतले धार्मिक आस्था र विश्वासको केन्द्रका रुपमा यस मन्दिरको प्रवद्र्धन र विकास गर्नुपर्ने आवश्यकता र्औंल्याए ।

तपाईको प्रतिक्रिया