कास्कीकोटमा नवदुर्गा महोत्सव हुने

पोखरा ।
कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।
परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको वाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्दै शान्तिको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गरिने धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए ।
घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मिक क्षेत्रविकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालिका मन्दिरमा परापूर्वकालदेखि पर्व विशेषमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन् । यस वर्षको बडा दसैंको १० दिनसम्म कोतघरमा पाणा पुजारीसहित राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गरिने भएको हो । तान्त्रीक तथा वैदीक पूजा हुने त्रिपाठीले बताए ।
बडा दसैंको फूलपातीमा पोखराको रामघाटबाट लगेको फूलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रिक पुजा गरीने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पुजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टीका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पुजा विर्सजन हुने छ ।
कास्कीकोटमा नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले बताए । कास्कीकोटमा दसैंको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिमबहादुर कार्कीले बताए ।
यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्छ । गुप्तकालिका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैंमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामकरण भएको किंदन्ती रहेको छ ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया