भेटीको रकम विद्यालय र मन्दिरलाई सहयोग

पोखरा ।
पोखराका युवा नेता अर्जुन अधिकारीले भेटी वापत संकलन भएको रकम महेन्द्र माध्यमिक विद्यालय र ओमकारेश्वर महादेव मन्दिरलाई सहयोग गरेका छन् । उनले आमा दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका अवसरमा सहयोग गरेका हुन् ।
विद्यालयमा स्व.भरतराज/दुर्गादेवी स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार ५५५ र मन्दिर संचालानार्थ ५ हजार ५५५ रुपैंया सहयोग गरेको अधिकारीले बताए ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेल र प्रधानाध्यापक बासुदेव पौडेल तथा मन्दिरका पुजारी रामचन्द्र पौडेल र मन्दिरका सदस्य लिला पौडेललाई रकम हस्तान्तरण गरे ।
भट्टले अधिकारीले गरे कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै सत्कर्मले नै मानिसलाई सबैको सामु चिनाउने बताए ।
विद्यालयका अध्यक्ष पौडेल, प्रधानाध्यापक पौडेल, सहायक प्रधानाध्यापक नन्दराज दाहाल, पुजारी पौडेल, समाजसेवी लिला पौडेल लगायतले स्वर्गीय दुर्गादेवी प्रति श्रद्घाञ्जली व्यक्त गर्दै, समाज विकासमा उनले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
विद्यालयका सल्लाहकार समेत रहेका अधिकारीका आमा दुर्गादेवीको गत असोज ४ गते जन्मदिनकै दिन ६० वर्षको उमेरमा निधन भएको थियो ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया