पर्वतबाट आमा, छोरी हराए

समाधान संवाददाता २०८१ असोज १६ गते १७:२५

पोखरा ।
पर्वतको फलेबासबाट आमा, छोरी गत असोज ८ गतेदेखि सम्पर्कविहीन भएका छन् ।

Advertisement


फलेबास नगरपालिका वडा नम्बर १ कार्कीनेटा चुरेरामबाट ३२ वर्षिया गंगा पौडेल र उनकी छोरी ८ वर्षिय दीपिका पौडेल सम्पर्कविहीन भएको प्रहरी चौकी कार्कीनेटाले जनाएको छ ।


गंगाका श्रीमान दीपक शर्माले दुबै जना घरबाट माटो लिन भनेर निस्की हिडेकोमा अहिलेसम्म पनि सम्पर्कमा नआएको बताए । दीपकले सम्पर्कमा नआएका गंगा र दीपिकाको खोजतलास गरी सहयोग गर्न आग्रह गरेका छन् ।

Advertisement

गंगाको परिवार तथा प्रहरीले आमाछोरी भारततर्फ जान हिडेको अनुमान गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया