आमा मिलन सहकारीमा राजकुमार

पोखरा ।
आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा रामकुमार घिमिरे निर्वाचित भएका छन् । उपाध्यक्ष अर्जुन बञ्जरा, सचिव प्रवेशचन्द्र उप्रेती र कोषाध्यक्ष टीकाराम लम्साल छन् ।
आमामिलनका सदस्यमा परशुराम बराल, निर्मला घिमिरे र मीना थापा तथा लेखा सुपरिवेक्षक संयोजक छविलाल गौडेल, सदस्यमा राजेन्द्रप्रसाद आचार्य र विश्वराज पौडेल चुनिएका छन् ।
कार्यक्रमा जिल्ला सहकारी संघ कास्की महासचिव दीपक बास्तोलाले सञ्चालक समिति भनेको हेर्दा देखिने, छाम्दा भेटिने र बोलाउदा सुन्ने खालको हुनुपर्नेमा जोड दिए । सहकारीकी अध्यक्ष इन्दिरा पौडेलले सहकारी क्षेत्रमा देखिएका विकृति, विसंगति र वर्तमान अवस्थामा केही सहकारीको रकम अपचलनका घटना बाहिर आएको हुँदा आगामी दिन झनै चुनौतिपूर्ण रहेको औंल्याइन् ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले संस्थालाई चलयमान बनाउन सदस्यहरुले संस्थामा नै कारोबार गर्ने, मासिक बचत नियमित गर्ने तथा आवश्यक रकममात्र फिर्ता लैजानुपर्नेमा जोड दिए । सञ्चालक समितिले कर्जा असुली प्रक्रिया मजबुत बनाउँदै सहकारी क्षेत्रमा आएका चुनौती पार गर्दै सेयर सदस्यको हितमा समर्पित हुने उनको भनाइ छ ।
संस्थाका प्रबन्ध निर्देशक धु्रवराज पौडेलले आमा मिलनमा कुनै समस्य नरहेको जनाउँदै सेयर सदस्यलाई निर्धक्क भई आफ्नै सहकारीमा कारोबार गर्न आग्रह गरे ।
कृष्णबहादुर थापा क्षेत्रीको संयोजकत्वमा लोकराज भण्डारी र श्रीबहादुर रानाभाट सदस्य रहेको निर्वाचन समितिले नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया