‘बिगेस्ट १०शैँ’ अभियानमार्फत् यामाहाको नयाँ कीर्तिमान

पोखरा ।
यामाहा नेपालले आफ्नो ‘बिगेस्ट १०शैँ’ अभियानको सफलतासँगै बिक्रीको नयाँ रेकर्ड पनि कायम गरेको छ । विगतका सबै रेकर्डहरू तोड्ने गरी बिक्रीमा भएको वृद्धिले नेपाली उपभोक्ता माझ सबैभन्दा ज्यादा रुचाइएको ब्राण्डको रूपमा यामाहाले आफूलाई अझै बलियो बनाएको छ ।
‘बिगेस्ट १०शैँ’ अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले विभिन्न निश्चित क्यासब्याक र उपहारहरू प्राप्त गरेका छन् । अभियान अवधिभर यामाहा बाइक र स्कुटर खरिद गरेका सबै ग्राहकहरू १० लाख रुपैयाँको लक्की ड्रका लागि योग्य भएका छन् । यसबाहेक यामाहाले विशिष्ट मोडलहरूका लागि शून्य ब्याजदरको सुविधा पनि ल्याएको छ ।
ग्राहकहरूलाई यामाहा बाइक/स्कुटरको स्वामित्व लिन सजिलो बनाउन इजी फाइनान्सका विकल्पहरू पनि उपलब्ध गराएको छ । दसैंलाई थप विशेष बनाउन यामाहाको शोरुममा आउने ग्राहकहरूले अब ब्रान्ड न्यू आइफोन १६ र विशेष गिफ्ट ह्याम्पर जित्ने मौका पाउने छन् ।
नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु राइड्सले भर्खरै यामाहा मोटरसाइकलका दुई मोडलहरू एफजेड–भीथ्री डिलक्स र एफजेड–भीथ्री स्ट्यान्डर्डका लागि एफआईमा १० वर्षको वारेन्टी समेत ल्याएको छ ।
यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले कीर्तिमानी बिक्रीका सन्दर्भमा खुसी व्यक्त गर्दै भने, ‘हाम्रो ‘बिगेस्ट १०शैँ’ अभियानमा यस्तो अविश्वसनीय प्रतिक्रिया देख्न पाउँदा हामी हर्षित छौं ।
यो हाम्रा ग्राहकहरूले यामाहामा राखेको भरोसा र आत्मविश्वासको प्रमाण हो । असाधारण उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धता अटल छ र हामी सफलताको यात्रालाई थप निरन्तरता दिन तत्पर छौं ।’ ‘बिगेस्ट १०शैँ’ अभियान जारी रहँदा यामाहा नेपाल थप उचाइ हासिल गर्नेमा आशावादी छ ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया