पिस सोसाइटीको पिस पोस्टर

पोखरा ।
लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री सिद्धार्थ माविमा पिस पोस्टर (चित्रकला) प्रतियोगिता मंगलबार गरेको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको उक्त क्लबले लायन्स इन्टरनेशनलको लायन वर्ष २०२४/२५ को लागि निर्धारण गरेको ‘पिस विथआउट लिमिट’ को आधारमा रहि गरिएको प्रतियोगितामा गाउँपालिका भित्रका १६ विद्यालयका १७ जना विद्यार्थीहरु विच प्रतियोगिता सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि फेदीखोला गाउँपालिकाकी उपाध्यक्ष देउकुमारी गुरुङले उद्घाटन गर्दै पिस पोस्टर कार्यक्रमले विद्यार्थीहरुमा पढाईको साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको भविष्य उज्जल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कार्यक्रम सफलताको कामना गरेकी थिइन् ।
कार्यक्रममा डिस्ट्रिक्ट पिस पोस्टर चिफ कमल बहादुर वस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर कार्की, रिजन चियर पर्सन सवि शेरचन, जोन चियर पर्सन कुशराज तिमिल्सिना, चित्रकार लाल कार्की अन्जान लगाएतले वोल्नु भएको थियो ।
प्रतियोगितामा लिटिल फ्लावर इङ्लिस वोर्डिङ स्कुलकी छात्रा क्लेक्स थापा प्रथम, श्री सिद्धार्थ माविका छात्रा स्नेहा थापा दोश्रो र श्री देउराली आविका छात्र सिजन थापा तृतिय भएका क्लब प्रशाशनिक प्रमुख विमल खड्काले बताए ।
प्रतियोगितामा प्रथम, दोश्रो र तृतिय हुनेलाई क्रमशः ३ हजार, २ हजार र एक हजार नगद पुरस्कारका साथ प्रमाणपत्र, चित्रकला सामाग्री, खादा अविरद्धारा सम्मान गरिएको थियो भने सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र तथा चित्रकला सामाग्री प्रदान गरिएको थियो ।
१३ वर्ष मुनिका विद्यार्थीहरुका विच मात्र प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा प्रथम भएकी छात्रा अन्तर्राष्ट्रिय प्रतियोगिता छनौटको लागि योग्य भएको क्लबका निर्वतमान अध्यक्ष सुर्य प्रसाद घिमिरेले बताए ।
प्रतियोगितामा निर्णायक डिस्ट्रिक्ट पिस पोस्टर चिफ कमल बहादुर वस्नेत, चित्रकार लाल कार्की अन्जान र गाउँपालिका खेलकुद तथा शिक्षा विभाग प्रमुख विष्णु माया पौडेल रहेका थिए ।
लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका अध्यक्ष नरेन्द्र कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उद्धेश्यबारे कार्यक्रम संयोजक क्लबका पूर्व अध्यक्ष लोक बहादुर कुँवर र सञ्चालन उपाध्यक्ष वासु पौडेलले गरेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया