कालिका बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान

समाधान संवाददाता २०८१ असोज १७ गते १६:१०

पोखरा ।
कालिका बहुमुखी क्याम्पस , काजीपोखरीमा दसैं र तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले क्युएएको प्रमाणपत्र प्राप्तिसँगै शिक्षक कर्मचारीहरुले थप जिम्मेवारी पूर्वक आफ्नो दायित्व निभाउनुपर्ने बताए ।

Advertisement

सामुदायिक रुपमा स्थापना भई क्याम्पसले प्राप्त गरेको सफलताको पछाडि शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको महत्वपूर्ण भुमीका रहेको बताए ।


क्याम्पस प्रमुख विरन्जी गौतमले सवैको सहयोगले मात्र क्याम्पस सफल हुने हुँदा विद्यार्थी शिक्षक कर्मचारी र समुदायको भूमिका क्याम्पसका लागि मार्गदर्शन हुने बताए । सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले दसंैको महत्व बारे जानकारी गराए । पब्लिक क्याम्पस प्राध्यापक संघका सचिव सन्तोषमणि लामिछानेले क्याम्पसको गुणस्तर कायम राख्न सम्पूर्ण शिक्षक कर्मचारीहरु प्रतिबद्ध रहेको बताए ।

Advertisement


क्याम्पसका शिक्षक तथा प्यावसन कास्कीका अध्यक्ष मथुरा पौडेलले जसरी देवीको नामबाट क्याम्पस स्थापना भयो त्यो नामलाई सदा स्मरण गरी क्याम्पसको प्रतिष्ठा जोगाइराख्नुपर्ने धारणा व्यक्त गरे ।


२०४८ सालमा गैरनाफामूलक सस्थाको रुपमा स्थापना भएको क्याम्पसले आर्जन गरेको प्रख्याति वास्तवमै अविष्मरणीय रहेको सहायक क्याम्पस प्रमुख युवराज गुरुङले बताए । छोटो समयमा नै क्युएएको प्रमाणपत्र प्राप्त गर्न सफल यस क्याम्पसमा १५५१ जना विद्यार्थी रहेको दसैँ तिहारको विदामा पनि विद्यार्थीहरुका लागि क्याम्पस प्रशासन खुला रहने जानकारी इएमआइएस प्रमुख हुकुमराज थापाले बताए ।

Advertisement

क्याम्पस प्रमुख बिरन्जी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, शिक्षक, कर्मचारीहरुले शुभकामना आदानप्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया