धर्मस्थली सहकारीको सभा

समाधान संवाददाता २०८१ असोज १८ गते १०:२२

पोखरा ।

Advertisement

धर्मस्थली बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा बिहीबार भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले सहकारीले स्थानीयको आर्थिक अवस्था उकास्न र उत्पादन बढाउन योगदान गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, सल्लाहकार पुरुषोत्तमप्रसाद पराजुली, उपाध्यक्ष मैयाँदेवी पराजुली, सचिव कृष्णप्रसाद कोइराला लगायतले बोलेका थिए । संस्थाको सेयर पुँजी ७ करोड ४६ लाख, बचत निक्षेप ४२ करोड र ऋण लगानी ३८ करोड छ ।

Advertisement


२ हजार १ सय १४ जना सेयर सदस्य छन् । कार्यक्रममा सेयर सदस्यका परिवारभित्र ८० वर्ष पुरा गरेका ५ ज्येष्ठ नागरिक, सेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक ल्याउने २ जना र उत्कृष्ट बचतकर्ता र ऋणीलाई सम्मान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया