सहारा स्कुललाई सहाराको १ लाख सहयाेग

पोखरा ।
सहारा क्लब पोखराले सहारा बाल आधारभूत विद्यालय पोखरा ९ बसपार्कलाई वार्षिक रुपमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । वार्षिक रुपमा ७५ हजार प्रदान गर्दै आएकोमा यो वर्षदेखि सहयोग रकम बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले जानकारी दिए ।
दसैं, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वको सन्दर्भमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थकालीले दातृ निकाय डायल नेपालले विगतदेखि विद्यालयलाई एक शिक्षकको तलब र विद्यार्थीलाई खाजाका लागि सहयोग गरेको बताए । उनले संस्थाले विद्यालयलाई थप ५ वर्षसम्म निन्तर रुपमा सहयोग गर्ने उल्लेख गरे ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरीले शिक्षाको विकासका लागि पूर्वाधारमा लगानी आवश्यक भएको बताए । विद्यालयले निमाविसम्मको अनुमति पाए पनि दरबन्दी नभएको उनले उल्लेख गरे । उनले विद्यार्थीलाई नृत्य प्रशिक्षणमा सहजीकरण गर्न हिमाली सांस्कृतिक परिवारसमक्ष अनुरोध गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मीले व्यवस्थापन समिति, शिक्षक र अभिभावकको समन्वयमा विद्यालयको शैक्षिक सुधार भएको जानकारी दिए । उनले महानगरका ३४ विद्यालयमध्ये सहारा चौथो स्थानमा रहेको छ । विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले विद्याको मन्दिरको रुपमा रहेको विद्यालयमा लगानी बढाउन आवश्यक रहेको जानकारी दिइन् ।
कार्यक्रममा सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, क्लबका सल्लाहकार सुनील गुरुङ, टोल विकास समन्वय समिति पोखरा ९ का संयोजक उत्तम जोशी, कृष्ण टोल आमा समूहका अध्यक्ष रुपा केसी, विद्यालयका शिक्षकहरु रुद्रबहादुर कार्की (राजु) सागर पौडेल लगायतले सामुदायिक विद्यालयको सञ्चालन तथा व्यवस्थाका समस्याबारे बोलेका थिए ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया