कृषि पत्रकारिता तालिम

समाधान संवाददाता २०८१ असोज १८ गते १२:२०

पोखरा ।
गण्डकी प्रदेशकी भूमि व्यवस्था तथा कृषिमन्त्री पद्माकुमारी जिसीले कृषिबाट नै रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि पोखरामा सुरु प्रदेश स्तरीय कृषि पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री जिसीले नेपाललाई कृषि प्रधान देश भन्ने तर व्यावसायिक रुपमा कृषि उत्पादनलाई स्थान नदिँदा पछि परेको कृषि क्षेत्रलाई अब रोजगारीसँग जोडेर अगाडि बढाउनुपर्ने सुझाव राखिन् ।

Advertisement


कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेलले सञ्चार माध्यमले अबका दिनमा राजनीतिका कुरा मात्र नगरी समाजमा सकरात्म सन्देश जाने गरी विकासवादी पत्रकारिताको अवस्यकता रहेको बताएका थिए । तालिम संयोजक भानुभक्त भटराईले खोज पत्रकारिताको माध्यमबाट भौगोलिक आधारमा कुन ठाउँमा के को उत्पादन गर्न सकिन्छ भन्ने बारेमा हामी सबैजना लाग्नुपर्ने आवश्यकता औंल्याएका थिए ।


तीन दिनसम्म चल्ने तालिमा गण्डकी प्रदेश अन्तर्गत रहेका सवै जिल्लाबाट पत्रकारिता गरिरहेका करिब ३०जना भन्दा बढी पत्रकारको सहभागिता छ । तालिमा खोज पाठशालाको तर्फबाट पत्रकार रामचन्द्र बराल, कृिष विज्ञ अनिल सुवेदी, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र कृषि विज्ञ कुलराज चालिसेले सहजीकरण गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया