अमरसिंहमा खुल्यो ‘दोकान घर’

पोखरा ।
पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ । युवा व्यवसायी सूर्यबहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् । उक्त दोकान घरको उद्घाटन बुधबार पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे ।
सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहे पनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे ।
यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष प्रेम सुवेदीले ग्राहकको मन जित्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए । उक्त दोकान घरमा हाल ८ जनाले रोजगारीको अवसरमा पाएका दोकान घरका सञ्चालक युवा व्यवसायी सूर्यबहादुर गुरुङले जनाकारी दिए । उनका अनुसार सो दोकान घरमा नेपाली उत्पादन, दैनिक उपभोग्य तथा खाद्यान्नका समाग्रीहरु उपलब्ध छन् ।
‘पोखराको अमरसिंह आफैमा चर्चित छ, भान्सामा चाहिने खाद्यान्नदेखि अन्य पेयपदार्थहरु एकै ठाउँबाट किन्न पाउनुहुनेछ ।
त्यसैले एउटै छानाबाट ग्राहकलाई चाहिने सम्पूर्ण ग्रोसरीका सामानहरु उपलब्ध गराउने उद्देश्यसहित दोकान घर सञ्चालनमा ल्याएका हौं,’ व्यवसायी गुरुङले भने । पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा रहेको दोकान घरले होम डेलिभरीको व्यवस्थासमेत गर्नेछ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया