भूमेश्वरमा विद्यालयमा खाजाघर बनाउँदै एकनाथ

पोखरा ।
भूमेश्वर आाधारभूत विद्यालयमा खाजाघर निर्माण हुने भएको छ । घार्मीफेदी निवासी समाजसेवी एकनाथ पौडेलको सहयोगमा विद्यार्थीहरुलाई खाजा खादा बस्न मिल्ने गरी ट्रसको छाना भएको खाजाघर निर्माण गरिने भएको छ । खाजाघरको बिहीबार बिहान घटस्थापनाको शुभसाइत पारेर शिलन्यास गरियो ।
विद्यालय अक्षयकोश समितिका संयोजक तथा विद्यालयका पूर्वप्रअसमेत रहेका मोहनप्रसाद पौडेलको उपस्थितिमा समाजसेवी पौडेलले खाजाघरको शिलान्यास गरे । शिलन्यासपछि बोल्दै सहयोगदाता एकनाथ पौडेलले खाजाघर निर्माणको सम्पूर्ण लागत रकम सहयोग गर्ने बताए ।
आफूले अक्षराम्भ गरेको विद्यालयमा समय समयमा पस्दा, बस्दा बालबालिकाहरुले खुलाचौर र बरण्डामा बसेर खाजा खाइरहेको देखेर आफूलाई मनमा बिजेको बताए ।
विद्यालयमा खाजा खुवाउने भवन अत्यावश्यक रहेको देखेपछि यो दसैं बिदाको अवसर पारेर निर्माण गर्न लागिएको उनले बताए । आफू पढेको विद्यालय आफूलाई अत्यन्त प्यारो लाग्ने बताउने समाजसेवी पौडेलले यसअघि पनि विद्यालयलाई विद्यार्थीहरुका लागि ड्रेस आदि विभिन्न भौतिक सामग्रीहरु सहयोग गर्दै आएका छन् ।
विद्यालयका अध्यक्ष रामप्रसाद पौडेलले एकनाथले गरेको सहयोग विद्यालयका लागि अमूल्य रहेको बताए । वडाकै पुरानो विद्यालयका रूपमा रहेको सो विद्यालयमा कक्षा बालविकासदेखि ५ सम्म पठनपाठन हुँदै आएको छ ।









पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया