अनमोल सहकारीको सभा

पोखरा । पोखरा १७ छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा बिहीबार भएको छ । कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका निर्वतमान अध्यक्ष तथा सामाजिक व्यक्तित्व भेषराज बरालले सहकारीले आफ्नो उद्देश्य अनुरुप सञ्चालन हुनुपर्नेमा जोड दिए ।
सेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको जोड छ । कोप्स अध्यक्ष डिल्लीराम बरालले स्थानीय रुपमा सहकारीबिच सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष धर्मदत्त तिमिल्सिना, उमनाथ सुवेदी, सहसचिव सावित्रा पौडेल, शेयर सदस्य अनिता पनेरु र उमराज त्रिपाठी, सम्मानित व्यक्तित्वबाट डा. विष्णुप्रसाद शर्माले, शिक्षा उपसमिति संयोजक चर्तुभुज पहारी, उपाध्यक्ष टीकाराम बराल, सल्लाहकार माधव पहारी र सचिव एकनारायण भण्डारी बोलेका थिए ।
सभाले अध्यक्षको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णुप्रसाद शर्माको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण प्रतिवेदन संयोजक माधव भट्टराईका प्रतिवेदन पारित गरेको छ । सो अवसरमा ज्येष्ठ सेयर सदस्यहरु धर्मदत्त तिमिल्सिना र शेषराज पहारी, उत्कृष्ट बचतकर्ता लक्ष्मी ढकाल पौडेल र ढाकाराम आचार्य, उत्कृष्ट कारोबारकर्तामा राममाया थापा र शिवराम श्रेष्ठ, विद्यार्थीहरु प्लस टु छात्रातर्फ रोजी कोइराला, एलिसा ढकाल, सुमित्रा बराल र छात्रतर्फ आयुस श्रेष्ठ, स्नात्तक तहतर्फ प्रतीक्षा सुवेदी, स्नाकोत्तर तहतर्फ छात्र रविन थापा, एमफिल तथा पिएचडी उपाधि हासिल गर्ने डा विष्णुप्रसाद शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीले संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया