मझेरीपाटनमा सेभेन ए साइड फुटबल सुरु, पहिलो दिन दुई टोलीको प्रतिस्पर्धा

समाधान संवाददाता २०८१ असोज १९ गते १९:३७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबको आयोजनामा शनिबारदेखि छैटौं सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।

Advertisement


आयोजक मेरो नेपाल युवा क्लबले महान चाड दसैँको अवसरमा रामेश्वरी स्कूल मैदानमा छैटौं संस्करणको फुटबल प्रतियोगिता गरेको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले युवालाई खेलले सकारात्मक बाटोतर्फ लाग्न प्रेरित गर्ने बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य नन्दकला नेपालीले सबैले जीवनशैलिलाई बदल्न खेल र व्याममा जोड दिनुपर्ने बताइन् । उद्घाटन सर्तमा पोखरा १४ वडाध्यक्ष बोधराज कार्की र १५ का तोरण बानियाँको उपस्थिति थिए ।


उद्घाटन सर्तको पहिलो दिन दुई टोलीबिच प्रतिस्पर्धा भएको थियो । पहिलो खेल मेरो नेपाल युवा क्लब बि र सहिद स्मृति स्कुलबिच प्रतिस्पर्धा भएको हो । मेरो नेपाल युवा क्लबले ४–० गोलले जीत हात पारेको हो । यस्तै, दोस्रो खेल भी १४ र रामेश्वरी माविबिच प्रतिस्पर्धा भएको थियो । भी १४ले रामेश्वरी माविलाई पनि ४—० ले पराजित गरेका प्रचारप्रचार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । पहिलो गेमको म्यानअर्फ द म्याच बर्मा नेपाली भएका छन् भने दोस्रो खेलको आशिष सुनार भएको उनले जानकारी दिए । दुवै जना विजयी टोलीका खेलाडी हुन् ।


प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार राशी २ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको क्लबका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिएका छन् । द्वितिय पुरस्कार १ लाख १ हजार एक सय ११ छ । प्रतियोगितामा हाई स्कोररलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ६ हजार, उत्कृष्ट गोलकिपरलाई ५ हजार र अनुशासित टिमलाई दर्ता शुल्क बराबर पुरस्कार दिने जनाइएको छ ।


कार्यक्रम संयोजक दिनेश कुँवरका अनुसार क्लबले यो सेभेन ए साइड प्रतियोगिता पोखरामा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार राशीको खेल हो । क्लबले प्रत्येक दुई वर्षमा प्रतियोगिता गर्दै आइरहेको छ । ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि मेरो नेपाल युवा क्लब स्थापना भएको हो । यो क्लब पोखराको पुरानो क्लबमध्ये एक हो । क्लबका अध्यक्ष कुँवरका अनुसार यो प्रतियोगिताले पोखरा १४ लाई एक सुत्रमा बाँध्ने काम यो प्रतियोगिताले गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया