सञ्जीव पौडेलको एकल कविता वाचन

समाधान संवाददाता २०८१ असोज १९ गते २०:१९

पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको आयोजना, व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा सभागृह मिनीहलमा साहित्यकार सञ्जीव पौडेलको एकल कविता वाचन सम्पन्न भएको छ |

Advertisement

प्रथम पटक २०८० असोज १८ गते प्रखर कवि तथा छन्दकाव्य वाचक शिव त्रिपाठीलाई एकल काव्य वाचनमा उतारेर सुरुवात गरेको साहित्यिक श्रृंखलालाई निरन्तरता दिँदै डेस्टिनेसनको दोस्रो शृंखला अन्तर्गत पोखरेली परिवेशमा रहेर विगत दुई दशकदेखि निरन्तर साहित्य, समालोचना र राजनीतिक विश्लेषणमा क्रियाशील व्यक्तित्व लोकप्रिय कवि तथा समालोचक सञ्जीव पौडेलले २ दर्जन कविता वाचन गरेका थिए |

क्लबका  अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम,  लायन्स अन्तर्रास्ट्रिय ३२५ एमका गभर्नर लायन चण्डीप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Advertisement

कार्यक्रममा डिस्ट्रिक ३२५ एमका जिएसटी को- अर्डिनेटर जगन्नाथ तिमिल्सिना, डिपार्टमेन्ट हेड एब क्लवका मानार्थ अध्यक्ष  प्रा. डा. सरास्वती न्यौपाने, क्लस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, व्यवसाय प्रवर्द्धन केन्द्र प्रमुख नवराज अधिकारी, वरिस्ट साहित्यकार एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, डा ईश्वरमणि अधिकारी, दिपक समीप, प्रान्जल, लक्ष्मण  थापा, डा. चैतन्य, शिव त्रिपाठी, लक्ष्मी थापा, क्लवका पूर्व अध्यक्ष रामप्रसाद तिमिल्सिना, सन्तोष शर्मा, लायन्स क्लब अफ पोखरा भृकुटी, लायन्स क्लब अफ पोखरा साइनिंग स्टार, लियो क्लब अफ पोखरा डेस्टिनेसनका पदाधिकारी लगायतको उपस्थित थियो |

कवि पौडेलले आफ्नै अत्यन्त प्रियजनसँग बसेर बौद्धिक व्यक्तित्वका बीच कवितावाचन गर्न पाएकोका खुशी व्यक्त गरेका थिए |

Advertisement

‘लायन्स क्लबले श्रृङखगत रुपमा सञ्चालन गरिरहेको यो विशिष्ट समारोहमा आफ्ना कविता वाचन गर्ने अवसरका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु’ उनले भने, ‘सबैको सहयोग र प्रेरणा मैले मेरो जीवनमा ग्रहण गरेको छु,’ पौडेलले कविताको रचनागर्भका बारेमा समेत प्रकाश पार्दै ‘रहर’, ‘पोखरा’, ‘सपनाको उचाई’, ‘बाटो’ ‘शिक्षा’, ‘बाटो’, ‘सम्बन्ध’, ‘लिस्नो’, ‘रुपान्तरण’, ‘पढाई’, ‘संविधान’, ‘अभियान’, ‘तिमि आएपछि…’, ‘जुन ओर्लेको रात’, ‘भोलि’, ‘जुनकिरी’ लगायतका दुइ दर्जन भन्दा बढी अत्यन्त गम्भीर भावका सशक्त कविता वाचन गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रक ३२५ एमका गभर्नर लायन चण्डीप्रसाद अर्यालले हामी र हाम्रा लायन्स क्लबहरुले अब समाजमा आईपर्ने सुख दुखमा मात्र हैन भाषा, कला, साहित्य र सँस्कृतिको क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने मनन् गरेर लायन्स क्लब अफ् पोखरा डेस्टिनेसनले साहित्यका विविध विधाका क्षेत्रमा कलम चलाउने श्रष्टाहरुलाई समेटेर एकल वाचन गराउँदै आएकोमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाए । एकल वाचन कार्यक्रममा स्रस्टा परिचय क्लस्टर चिफ लक्ष्मण तिमिल्सिनाले गराए ।

कार्यक्रममा शुभकामना एव स्वागत मन्तव्य लायन्स क्लब अफ पोखरा डेस्टिनेसनका उपाध्यक्ष माधव कार्कीले गरेका थिए भने कार्यक्रम सञ्चालन क्लबका सचिव छवी पनेरुले, कार्यक्रमको संयोजन माधव खतिवडाले गरेका थिए |

तपाईको प्रतिक्रिया