शिशुवा सहकारीको सेयर सदस्य २५ सय नाघ्यो
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नंं ३० मा रहेको शिशुवा बचत तथा ऋण सहकारी संस्थाले लक्ष्य अनुसार सेयर सदस्य वृद्धि गर्न सफल भएको छ ।
संस्थाले शनिबार १८ औं साधारण सभामा २५ सय १७ सेयर सदस्य पुर्याउन सफल भएको जानकारी गराएको हो । संस्थाको सेयर पुँजी छ करोड ७५ लाख २४ हजार पुगेको छ ।
पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दुर्गा सुवेदीले सेयर सदस्यले कार्यक्रममा भत्ता बुझ्ने, खाना खाने, कति वोनस दियो भन्दै घर फर्कने गर्नाले सहकारीमा संकट सृजना भएको बताए । सेयर सदस्यहरु सचेत भइ सहकारीको आर्थीक अवस्थाका बारेमा जानकारी लिई रहनुपर्ने सुझाव राखे ।
कार्यक्रममा ग्रीन डिभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि वुढाथोकीले सहकारीले गर्ने लगानीमा मुल्यांकन कमजोर हुँदा सहकारी समस्यामा परेको बताए । समस्यालाई ध्यान दिन सकियो भने सहकारीहरुलाई पहिलाकै अवस्थामा ल्याउन सकिने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा जेष्ठ नागरिक २० जना, उत्कृष्ठ कारोवार गर्ने ४ जना, ४ जना विद्यार्थी र सांगितीक क्षेत्रमा उत्कृष्ठ कार्य गर्दै आएका सेयर सदस्य सुजित परियारलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष नविनप्रसाद वास्तोला, मैदीताल मत्स्य तथा पर्यटन सहकारीका अध्यक्ष भरतराज तिवारी, संस्थाका सचिव राजु शर्मा, उपाध्यक्ष भरतराज न्यौपाने, सदस्य संगिता श्रेष्ठ लगायतले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया