जिटिआईले पोखरामा ‘ब्युटी एन्ड कस्मेटोलोजी’ विषय पढाउने

पोखरा । पोखरामा नेपालमै पहिलोपटक ३ वर्षे डिप्लोमा तहको कार्यक्रम ‘ब्युटी एन्ड कस्मेटोलोजी’ विषयको पढाइ हुने भएको छ ।
गण्डकी टेक्निकल इन्स्टिच्युट (जिटिआई) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको स्वीकृतिमा उक्त पढाइ सञ्चालन गर्न लागेको हो ।
जिटिआई पोखराको आयोजना तथा गुरुङ ब्युटी पार्लर एन्ड एकेडेमी प्रालि तथा सिटिइभिटीको सहकार्यमा पोखरामा शनिबार आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो । कार्यक्रममा सिटिइभिटीका निर्देशक टैलेन्द्र आचार्यले पहिलोपटक सुरु गरिएको यो कार्यक्रमका लागि काठमांडौमा गणेशमान बहुप्राविधिक शिक्षालय र पोखरामा गण्डकी टेक्निकल इन्स्टिच्युटलाई अनुमति दिइएको बताए । उनले ८ वर्ष पहिला नै ब्युटी एन्ड कस्मेटोलोजीको पाठ्यक्रम निर्माण गरिएको जानकारी दिँदै आवश्यक परेमा पाठ्यक्रम परिमार्जन गरिने बताए ।
गुरुङ ब्युटी पार्लर एन्ड एकेडेमी प्रालिका संस्थापक सञ्चालक चिनु गुरुङले ब्युटीपार्लर व्यवसायमा मेसिन तथा केमिकलको प्रयोगबाट सौन्दर्यकर्मी र ग्राहकहरुमा हुनसक्ने स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न यस्तो वियषले सहयोग गर्ने बताइन् । उनले ३ वर्षको ‘ब्युटी एन्ड कस्मेटोलोजी’ डिप्लोमा कोर्सले सौन्दर्य व्यवसायीहरुमा समयानुसार परिमार्जन भएर आएका प्रविधिको प्रयोग गर्न सहज बनाउने विश्वास व्यक्त गरिन् ।
ब्युटी एन्ड कस्मेटोलोजीका बारेमा सौन्दर्यकर्मी पवित्रा घिमिरेले प्रस्तुतीकरण राखेकी थिइन् । उनले यो विषयको महत्वका साथै पढ्नुका फाइदाबारे बारेमा जानकारी गराइन् ।
कार्यक्रममा पोखरा महानगर व्यवसाय प्रवर्दन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले गण्डकी प्रदेशमा १४ सयभन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा सौन्दर्य व्यवसायमा आबद्ध रहेको बताए । तर निकै कम संख्यमा यसको विशेषज्ञ रहेको अवस्थामा यो विषयको पढाइले थप सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा जिटिआई पोखराका अध्यक्ष ध्रुव शर्माले सौन्दर्य पेसालाई मर्यादित र व्यावसायिक बनाउन प्राविधिक शिक्षाका रुपमा यो कार्यक्रम अघि बढाइएको बताए । उनका अनुसार ६ सेमेस्टरमा पढाई हुने यस कार्यक्रमका लागि ४ लाख ९५ हजार शुल्क तोकिएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया