मनकामना महिला विकास सहकारीको सभा

पोखरा ।
मनकामना महिला विकास सहकारी संस्था लिमिटेडको २७ औं साधाणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष रमा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सभामा पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष शाहारा प्रधानको प्रमुख आतिथ्यता थियो ।
वडाध्यक्ष प्रधानले सहकारीले सामाजिक उद्यमता र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको बताए ।
संस्थामा आवद्ध सदस्यका छोराछोरीमध्ये गत वर्षको एसइईमा ३ जिपिएभन्दा बढी ल्याई उत्तीर्ण हुनेलाई कार्यक्रममा सम्मन गरिएको छ ।
कार्यक्रममा अनुशासित बचतकर्तातर्फ इन्दिरा पराजुली, असल कारोबारकर्ता रुद्र केसी तथा संस्थाका ज्येष्ठ सदस्य राधिका अधिकारीलाई समेत सम्मान गरिएको थियो।
दसैै तिहारको शुभकामना आदानप्रदानसहित सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव विनीता कोइराला र उपाध्यक्ष सुनिता देवकोटाले स्वागत मन्तव्य राखे ।
कार्यक्रममा समावेशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीता गुरुङ, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी, अनन्ता सेवा समितिका अध्यक्ष सरीता सुवेदी, अभिभावकहरू रमेशप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी, कानुनी सल्लाहकार हरिप्रसाद अधिकारी, संस्थाका संस्थापक अध्यक्ष विजया अधिकारी लगायत पूर्व अध्यक्ष एवं निवर्तमान अध्यक्षको उपस्थिति थियो ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया