कालिका मावि पूर्व विद्यार्थी मञ्च गठन, तदर्थ समिति अध्यक्षमा बोधराज गौतम

समाधान संवाददाता २०८१ असोज २१ गते १३:५८

पोखरा । स्याङ्जाको झापाकोट स्थित कालिका माध्यामिक विद्यालयमा अध्ययन गरी स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगेका विद्यार्थीलाई प्रतिनिधित्व गर्ने गरी पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ।

Advertisement

विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका बीच सो विद्यालयमा अध्ययन गरी विभिन्न क्षेत्रहरुमा प्रतिनिधित्व गरिरहेका पूर्व विद्यार्थीको भेलाले बोधराज गौतमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो।

उक्त मञ्चको अध्यक्षमा बोधराज गौतम, उपाध्यक्षमा पूर्णबहादुर क्षेत्री “पुरन”, सचिवमा युक्त नारायण अर्याल, कोषाध्यक्षमा निता पौडेल, सहसचिव रामप्रसाद पौडेल सहित सदस्यहरुमा मुना भट्टराई, घनश्याम न्यौपाने, गेजा शर्मा अर्याल, भोजराज पौडेल, डिल्लीराम अर्याल र आत्मराम अर्याल चयन भएका छन्।

Advertisement

विद्यालयको उन्नयनमा सारथि बन्ने गरी काम गर्ने मञ्चका अध्यक्ष बोधराज गौतमको भनाइ छ।

Advertisement

तपाईको प्रतिक्रिया