लुम्बिनी विकास बैंकलाई दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्डसहित एकैपटक ५ उपाधि

समाधान संवाददाता २०८१ असोज २१ गते १७:२८

पोखरा । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले ५ विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।

इन्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेस्ट बैंक, बेस्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेस्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवम् बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेस्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ ।

अवार्डमा बिमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो ।

Advertisement

अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो । स्थापनाकालदेखि नै इथिकल बैंकिङ, आर्थिक सुशासनलाई आत्मसात गर्दै र पारदर्शिता बैंकिङ सेवा उपलव्ध गराउँदै अघि बढेकोले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको गरिमा र प्रतिष्ठा थप माथि पुगेको व्यवस्थापन पक्षको दाबी छ ।

अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहक र नियमनकारी निकाय लगायत सबैको योगदान र सहयोग रहेको बैंकले जनाएको छ । ३.५ अर्ब चुक्ता पूँजी भएको राष्ट्रियस्तरको विकास बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, १ वटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया