हिमाली पवित्र आमा समूहको साधारण सभा र अधिवेश सम्पन्न
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित रहेको हिमाली पवित्र आमा समूहको १२ औं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर समूहका जेष्ठ सदस्य र समूहमा योगदान पु¥याउने ९ जनालाई सम्मान गर्दै आजिवन सदस्यता प्रदान गरिएको छ ।
चौंथौ अधिवेशनले आगमी दिनवर्षका लागि सावित्री शर्मा अध्यक्षमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा उमादेवी अधिकारी, सचिवमा कमला पोखरेल र कोषाध्यक्षमा लक्ष्मी बरालसहितका ११ सदस्य कार्यसमिति सदस्य निर्विरोध चयन भएका हुन् ।
आमा समूहकी अध्यक्ष यसअघि पनि सावित्री शर्मा थिइन् । उनी समूहको नेतृत्वमा दोहोरिएकी हुन् । उनकै सभाध्यक्षमा सभा सम्पन्न भएको हो । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही, वडाका सदस्य विक्रम गुरूङ र महिला उद्यमी महासंघका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मी उपस्थित थियो ।
कार्यक्रममा जागरण टोल विकास संस्थाका उपाध्यक्ष प्रेम बहादुर केसी, संस्थाका सल्लाहकार माधव बराल पोखरा ३३ का निवर्तमान अध्यक्ष शिवप्रसाद आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा हिरा केसीले स्वागत मन्तव्य र लक्ष्मी बरालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया