व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग   

समाधान संवाददाता २०८१ असोज २१ गते २१:३०

दमौली । यहाँको व्यास नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । देशभरका विपत्तिमा सहयोग पु-याउने उद्देश्यले नगरपालिकाले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।    
    
 नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले हालै आएको वर्षाबाट प्रभावित नगरपालिकाअन्तर्गत सबै वडाहरुको विवरण सङ्कलन गरी प्रभावित घर, खानेपानी र सडक संरचना पुनःस्थापना गर्ने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो ।    
    
 बैठकले नगर क्षेत्रभित्र बढ्दो डेङ्गीको सङ्क्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परस्पर सद्भाव र सकारात्मक सोचका साथ दसैँ मनाउन आग्रह गरेको छ ।  रासस

Advertisement

तपाईको प्रतिक्रिया