वडाको विकासमा सहयोग पुर्याएको भन्दै पूर्वमन्त्री कुमार खड्कालाई अभिनन्दन

पोखरा । वडाको विकासमा विशेष योगदान पुर्याएको भन्दै पूर्व मन्त्री कुमार खड्कालाई पोखराको एक क्लबले अभिनन्दन गरेको छ ।
पार्टी र विचारभन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै, पोखरा १६, तुम्केमा रहेको नमुना क्लवले नेता खड्कालाई सोमबार नागरिक अभिनन्दन गरेको हो ।
पोखरा १६ को प्रवेशद्वार केआई सिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई गाडीमा राखी र्यालीसहित नगर परिक्रमा गराइएको थियो । महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो । सडकका दायाँ बायाँ रहेका सर्वसाधारण नागरिकले नेता खड्कालाई फूल, माला र अविर लगाएर सम्मान गरेका थिए भने सर्वसाधारणले आ आफ्नो घर अगाडि र चोक चोकमा फूलको घडा राखी स्वागत समेत गरेका थिए ।
र्याली र पैदल यात्रापछि आयोजित कार्यक्रममा खड्कालाई, वयोवृद्घ समाजसेवी सोमबहादुर गुरुङ, मुक्तिप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र क्लब अध्यक्ष मीनवहादुर गुरुङले अभिनन्दनपत्र प्रदान गरे ।
कार्यक्रममा पूर्वमन्त्री खड्काले जनताको मन जित्ने गरी आफूले कार्यकाल पूरा गरेको र अझै जनताको पक्षमा निरन्तर लागिरहने प्रेरणा प्राप्त गरेको बताए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं आजीवन सदस्य जीवन आचार्य, हिमालय क्लवका अध्यक्ष मोहनबहादुर थापा, क्लबका सहसचिव दिपकबहादुर केसी लगायतले वडाको समग्र विकासमा नेता खड्काले पुर्याएको योगदानको प्रशंसा गर्दै, जनप्रेमी नेताले सधैं नागरिकको मन जित्ने बताएका थिए । अन्य नेतालाई खड्काको सिको गर्न र देश तथा नागरिकको पक्षमा काम गर्न सुझाव समेत दिएका छन् ।
संघीय सांसद हुँदा महिला, वालवालिका तथा समाज कल्याण मन्त्री र पछि गण्डकी प्रदेश सरकारका भौतिक योजना, पूर्वाधार विकास र यातायात व्यवस्था मन्त्री वनेका खड्काको कार्यकालमा पोखरा १६,१९ र २० नम्वर वडामा विकास निर्माण, खानेपानी, सामुदायिक भवन, महिला सशक्तीकरणका क्षेत्रमा निकै फड्को मारेको थियो ।
उनको कार्यकालमा २१ वटा पक्की पुल, १२ वटा झोलुंगे पुल, ५५ दशमलव २५ किमि सडक कालोपत्रे, ४९ दशमलव २ किमी सडक ग्रावेल भएका थिए । १ अर्ब २२ करोड राजश्व संकलन समेत भएको थियो । अमला बिसौनी घार्मी आलेवारी सडक, घार्मीखोला अर्मलाकोट सडक, जुम्लेटी हरिपाउँ सडक लगायतका अधिकांश ग्रामीण सडकको स्तरोन्नती तथा कालोपत्रे, ढलान गर्न उनको भूमिका रहेको बताइएको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया