गोरखामा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु
समाधान संवाददाता
२०८१ असोज २८ गते १९:००

पोखरा। गोरखामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा धादिङ को त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारका २० वर्षीय निशान गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए ।
गोरखा आरुघाट सडकखण्डमा पर्ने भिमसेन थापा गाउँपालिका–३ सिफलफेदमा चालक रुपेश गिरीेले चलाएको बा ३६ प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा उनको सोमबार साँझ निधन भएको हो।
गम्भीर घाइते मोटरसइकल चालक रुपेश गिरीलाई उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गोरखा दरबार र सग्रहालय घुमेर फर्किनेक्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।
सम्बन्धित








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया