वडा सदस्यको मृत्युपछि स्याङ्जाको चापाकोट नगरपालिकामा आज बिदा
समाधान संवाददाता
२०८१ असोज २९ गते ७:१०

पोखरा । स्याङ्जाको चापाकोट नगरपालिकामा वडा नं– ६ का वडा सदस्य तारा सिं थापाको मृत्यु भएको छ।
४३ वर्षीय थापाको सोमबार हृदयघातका कारण मृत्यु भएको नगर प्रमुख देवबहादुर खाँणले जानाकारी दिए । वडा नं ६ खार्दीका थापाको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।
सदस्य थापाको मृत्युको शोकमा नगरपालिकाले मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको खाँणले बताए । नगर सदस्य थापालको गत स्थानीय तह निर्वाचनमा ५ सय ८० मत ल्याउदै निर्वाचित भएका थिए । थापाको श्रीमती र १ छोरा छन्।
सम्बन्धित








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया