ड्यामसाइडको होटेलमा तास खेल्ने ३ महिलासहित ६ पक्राउ

समाधान संवाददाता २०८१ कार्तिक १ गते ९:३४
फाइल

पोखरा । पोखराको ड्यामसाइडस्थित होटल स्यान्डी ब्लुममा तास खेलिरहेको अवस्थामा प्रहरीले बुधबार साँझ ६ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ८८ हजार ४ सय २६ रुपैयाँ र २ सय ७ पत्ती तास बरामल गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले बताए ।

Advertisement

पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ४ घर भइ पोखरा महानगरपालिका वडा नं. १७ बस्ने ३८ का नविन थापा छन् । उनी उक्त होटेल रेखदेख गर्ने व्यक्ति हुन् ।

स्याङ्जाकै पुतलीबजार नगरपालिका वडा नं.७  घर भई पोखरा महानगरपालिका वडा नं. १० बस्ने ४० वर्षे भेषबहादुर गुरुङ, पोखरा १२ का ४३ वर्षे शंकर थापा, पोखरा १७ की ५३ वर्षे साबित्री गुरुङ पुन, कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ घर भई पोखरा म.न.पा. वडा नं. ७ बस्ने ३९ वर्षकी दुर्गा गुरुङ र पोखरा १७ कै ४९ वर्षे आइती गुरुङ पक्राउ परेका हुन् ।

Advertisement

उनीहरुलाई ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया