सराङकोट सहकारीको वार्षिकोत्सवमा रक्तदान

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी सस्थाको १८ औँ वार्षिक उत्सवको अवसरमा खुला रक्तदान गरिएको छ ।
सस्थाले वार्षिक उत्सवसँगै मानवीय सामाजिक उत्तरदायित्वका लागि हरेक वर्ष रक्तदानसहित विविध सामाजिक कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
रोटरी क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब पोखरा दर्पणको सहकार्यमा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ ।
सो कार्यक्रमको शुभारम्भ गर्दै संस्थाका सल्लाहाकार, पूर्व जनस्वास्थ्य प्रमुख सोभियतबहादुर अधिकारीले, पहिलो रक्तदाता रोटरी क्लब लेकसाइडका अध्यक्ष उपेन्द्र अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।
रक्तदानको महत्वसँगै सहकारीमार्फत् भएका रचनात्मक कार्यले समाजमा सकरात्मक एकताको सन्देश दिएको अधिकारीले बताए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख महेन्द्र केसी, रोटरी क्लब लेकसाइडका पूर्व अध्यक्षहरु अर्जुन खनाल, राजेन्द्र लिगल, शोभाकान्त सिग्देल, डा. वीरबहादुर कार्की, लायन्स क्लब ३२५ एल रक्तसञ्चार प्रमुख जितेन्द्रमान शाक्य, जोन प्रमुख महेन्द्र पौडेल, पोखरा दर्पणका कार्यवाहक अध्यक्ष पदमलाल अधिकारी, सामुदायिक रेडियो प्रसारक संघ गण्डकीका कोषाध्यक्ष तीर्थ केसी लगायतले आआफ्नो धारणा राखेका थिए ।
सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सचिव कुलप्रसाद सुवेदी, व्यवस्थापक सुरेन्द्र थापा, सञ्चालक तारादेवी थापा, रोटरी कार्यक्रम संयोजक राजकुमार अर्याल लगायतले भनाइ राखेका थिए ।
विसं २०६३ मा स्थापित सहकारीले सामुदायिक रेडियो सराङकोटको सञ्चालन सँगै बचत तथा ऋण मार्फत् गएको वर्ष २ अर्व ३४ करोडको कुल कारोबारसँगै ४४ करोड कर्जा लगानी गरेको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया