जीवन उपयोगी सीप शिक्षा आवश्यक

समाधान संवाददाता २०८१ कार्तिक १ गते १६:१८

पोखरा ।
बाल हितकारी परियोजना नेपालको २४ औं वार्षिक साधारण सभा भएको छ । पोखरा १५का वडा अध्यक्ष तोरणबहादुर बानियाँले सभाको उद्घाटन गर्दै मानवीय क्षेत्रको विकासमा सामाजिक संघ संस्थासँग सहकार्य गर्ने बताए ।

Advertisement


संस्थाका सचिव दिलबहादुर भट्टराईले सन २०२२ देखि नयाँ रुपमा सञ्चालित परियोजनाले सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको जानकारी दिए ।


पोखरा महानगरपालिकाका ६० सामुदायिक विद्यालयमा सञ्चालित कार्यक्रमले कक्षा ७ र ८का विद्यार्थीलाई समेटेको उल्लेख गर्दै उनले सबै विषय स्थानीय पाठ्यक्रममा समावेश बताए ।

Advertisement


संस्थाका अध्यक्ष रामचन्द्र शर्माले संस्थाले अटिजम, मस्तिस्कघात, बौद्धिक अपांगता भएका बाल बालिकाको स्वास्थ्य सुधार तथा शारीरिक विकासका लागि आवश्यक पर्ने खेलौना तथा सहयोगी सामाग्रीहरुको वितरण गरेको जनाए । उनले लक्षित वर्गका बाल बालिकालाई घरमै पुगेर सेवा, पुनस्थापना सम्बन्धी सेवामा सहयोग र अभिभावकलाई समूहगत रुपमा परामर्श दिएको उल्लेख गरे ।


साधारण सभाले २०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई सुधार सहित पारित गरेको कार्यक्रम संयोजक केशव पौडेलले जानकारी दिए । सभाले आगामी वर्षको लागि कार्ययोजना समेत निर्माण गरेको छ ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, दातृ निकाय किडाशाका राष्ट्रिय प्रतिनिधि जेरेमी साउथन, गैर सरकारी संस्था महासंघ नेपाल कास्कीका अध्यक्ष डा बुद्धिबहादुर थापा, राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, पोखरा महानगरपालिका अपांगता सरोकार समितिका अध्यक्ष गंगाबहादुर खड्का, महानगर बाल मन्च पोखराका सचिव रश्मी गौतम, बाल हितकारी परियोजना नेपालका सल्लाहकार जगतबहादुर पहारी लगायतले बाल बालिकाको क्षेत्रमा संस्थाले गरेका कामको बारेमा बोलेका थिए ।


विस २०५४ सालमा स्थापना भएर कास्की र लमजुङमा दिवा शिशु स्याहार केन्द्र खोल्दै काम थालेको संस्थाल बाल बालिकाको स्वास्थ्य, शिक्षा, संरक्षणको क्षेत्रका काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया