रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

समाधान संवाददाता २०८१ कार्तिक २ गते १७:२४
फाइल तस्बिर

पोखरा । रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा जिल्ला अदालत कास्कीबाट आज लामिछानेकाे पक्राउका लागि अनुमति जारी भएको हो ।

Advertisement

रास्वपाकाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नु पर्ने कारण सहितको फाईल बोकेर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख र उपप्रमुख जिल्ला अदालत कास्कीमा गएका छन् ।

पक्राउ पुर्जीका लागि कास्की प्रहरी प्रमुख एसपी श्याम ओलिया र डिएसपी बसन्त शर्मा अदालत गएका थिए । भित्र प्रवेश गरेका छन् ।

Advertisement

जिल्ला अदालत कास्की दसैंको बिदापछि आजैदेखि खुलेको छ । अदालतमा रहेका ७ मध्ये ६ न्यायाधीश बिदामा छन् । एक जना न्यायाधिश कृष्णजंग शाह ढिलो गरी अदालतमा हाजिर भएका थिए । न्यायाधीश आउनासाथ कास्की प्रहरीका प्रमुख र उपप्रमुख दुवै जना अदालत भित्र प्रवेश गरेका हुन् ।

सूर्यदर्शन लगायतका सहकारीको रकम दुरुपयोग गरेको आरोपमा रवि माथि छानबि हुनेछ ।

Advertisement

आजै विपक्षी दलकी बैठक राखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछाने पक्राउ पर्ने संकेत दिएका थिए ।

आजै कास्की प्रहरीले सोही ठगी प्रकरणमा मुछिएका रवि र जिबीका अर्का व्यवसायिक साझेदार छविलाल जोशीलाई पनि अदालतमा हाजिर गराएको छ ।

तपाईको प्रतिक्रिया