रवि लामिछानेलाई आजै गाडीबाट पोखरा ल्याइने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी आजै गाडीमार्फत् पोखरा ल्याइने भएको छ ।
रविकै आग्रहमा उनलाई गाडीबाट पोखरा ल्याउन लागिएको हो । उनलाई पक्राउ गर्न एसपी होबिन्द्र बोगटी नेतृत्वमा प्रहरी रास्वपा मुख्यालयमा पुगेको छ ।
अहिले पार्टी मुख्यालयमा ठूलो संख्यामा रास्वपाका नेता तथा कार्यकर्ता, पत्रकार र सुरक्षाकर्मी जम्मा भएका छन् ।
लामिछानेले छोटो सम्बोधन गरेर आफै गिरफ्तारी दिने भएका छन् ।
यसअघि कास्की प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको थियो।
कास्की अदालतबाट रविलाई पक्रने अनुमति प्राप्त भएको उल्लेख गर्दै कास्की प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी वसन्तकुमार शर्माले सिआइबीलाई शुक्रबार पत्राचार गरेका हुन् । कास्की प्रहरीले रविलाई पक्राउ गर्ने अनुमति कास्की अदालतबाट शुक्रबार नै प्राप्त गरेको हो ।









पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
पोखरा महोत्सव तयारी
तमु सांस्कृतिक प्रतिष्ठानको पुनर्मिलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया