शिक्षा मन्त्री भट्टराईद्वारा बाढीबाट क्षतिग्रस्त विद्यालय निरीक्षण

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षाबाट क्षति पुगेका ललितपुर जिल्लाका विद्यालयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले स्थलगत निरीक्षण गर्नुभएको छ।
सो क्रममा मन्त्री भट्टराईले ४ ओटा विद्यालयको स्थलगत अवलोकन गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। बाढी र पहिरोका कारण क्षती पुगेका कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय ,गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय,वागेश्वरी आधारभूत विद्यालय , महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको मन्त्री भट्टराईले निरीक्षण गर्नुभएको हो ।
स्थलगत अवलोकनका क्रममा मन्त्री भट्टराईले क्षति भई आवश्यक विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद प्रतिरोधी जग्गामा मापदण्डअनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्ने उल्लेख गर्दै यसका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताउनुभयो ।
निरिक्षणमा मन्त्री भट्टराई संगै उक्त निर्बाचन क्षेत्रबाट प्रतिनिधि सभासांसदद्वय उदय समशेर राणा र प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री, बाग्मती प्रदेश सभाका सांसद्, सम्बन्धित स्थानीय तहका प्रमुख/उपप्रमुख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लगायतको संलग्नता थियो ।









एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
सर्भर स्लो, राजस्व लक्ष्य टाढा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया