१७ गते भिन्तुना र्याली हुने

पोखरा ।
नेपालीको मौलिक तथा राष्ट्रिय संवत नेपाल संवत ११४५ को अवसरमा पोखरामा भिन्तुना र्याली निकालिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचा समितिको आयोजनामा न्हुँ दया भिन्तुना र्याली निकालिने भएको हो ।
नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखे यस वर्ष १७ गते न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा हुने बताउँछन् । सो दिन बिहान न्हुः दयाँ भिन्तुनाको र्याली पोखराको मोहरिया टोल, भैरव टोल, भीमसेन टोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत हुनेछ ।
भिन्तुना ¥यालीमार्फत् नेपाल संवतका सुरुवातकर्ता राष्ट्रिय विभूति शंखधर शाख्वाप्रति सम्मान र श्रद्धा बढ्ने विश्वास गरिएको छ । भिन्तुना ¥यालीमा नेवा समुदायसहित तमु धीं, मगर संघ, तामाङ घेदुङ, क्षेत्री समाज, थारु समाज लगायत विभिन्न जातीय समुदायका व्यक्तिहरुसमेत झाँकीसहित उपस्थित हुने तय छ ।
र्यालीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने नेवारी संस्कृति झल्किने लाखे तथा लाठी नाच, तायामाचा, धिमे बाजा, घोडेनाच आदि पनि प्रदर्शन गरिनेछ । र्यालीमा झाँकीसहित सहभागी हुनेहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई २५ हजार, द्वितीय पुरस्कार ६ हजार र तृतीय पुरस्कार ६ हजार र सान्त्वनाले ५ हजार पाउने छन् ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया