अर्जुन गोदारले पूरा गरे काठमाण्डौं देखि पोखरासम्मको दौड

पोखरा ।
रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले करिब साँढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गरेका छन् । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड बुधबार दिउँसो करिब २ः०० बजे उनी पोखरा रंगशाला आइपुगेका हुन् ।
धावक गोदारलाई पोखरा रंगशालामा कास्की आदर्श समाज युएई, कास्की जिल्ला एथलेटिक्स संघ, जिल्ला खेलकुद विकास समिति, पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उद्योग बाणिज्य संघ, लायन्स क्लव, भूपू सैनिक हवाई सुरक्षा समिति गण्डकी, फल्याङकोट समाज कास्की लगायतका संघसंस्थाले स्वागत तथा बधाई ज्ञापन गरेका छन् ।
उनलाई बाटो बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको उनका सहयोगी विकास खड्काले बताए । दौड अभियानमा सहयोग गर्नेप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा, कास्की जिल्ला एथ्लेटिक्स संघका पूर्व अध्यक्ष गजबहादुर गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपकबहादुर गोदार लगायतले गोदारलाई सम्मान गरेका थिए ।
उनले पोखरा रंगशालमा आएर एक राउण्ड लागर समापन गरेका थिए । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना रहेको थियो यद्यपी उनले पहिलो दिन काठमाण्डौं देखि मजिमटारसम्म ८६ कलिोमिटर, दोस्रो दिन मजिमटार देखि दमौली ७४ किलोमिटर र तेस्रो दिनमा दमौली देखि पोखरा रंगशाला ५० किलोमिटर दुरी पार गरेका हुन् ।
उनलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराएको थियो ।
कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गरेको बताए ।
यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा गोदारले ह्याट्रिक पूरा गरेका थिए । नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् । भने हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियामना जुटेका हुन् ।
उनले हप्तामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएका थिए । केही समय अघिदेखि काठमाडौँ पोखरा रूटमा दौडेर पार गर्ने लक्ष्य लिएकाा गोदारले मौसम र प्राविधिक कारणले गर्दा बल्ल समय उपयुक्त भएको बताए । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिनु भएको गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएका थिए ।
यसैबिच उनलाई सुरु देखि बाटो बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको थियो । उनलाई बुधबार कास्कीमा रुपा गाउँपालिकाले समेत स्वागत गरेको छ । रुपा गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङ सहितको टोलीले उनलाई स्वागत गरेकी थिइन् । अर्जुन गोदारको दौडले पोखरामा हुने म्याराथन दौडलाई धेरै सहयोग हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले बताए ।
तपाईको प्रतिक्रिया