पोखरामा रित्तो थाल ठटाउदै सडकमा प्रदर्शन

सहकारी पीडितको नारा: रवि, जीबी को हुन् ? सहकारी ठग हुन्

समाधान संवाददाता २०८१ कार्तिक ८ गते १३:१०

पोखरा ।

कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको बेलामा पोखराको मुस्ताङचोकमा कास्कीका सहकारी पीडितले प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले रविको गिरफ्तारीकाविरुद्ध रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेर अदालतलाई दवावमा राख्न खोजेको भन्दै यस्तो प्रदर्शन गरेका हुन । प्रदर्शनकारीलाई मुस्ताङचोक भन्दा पश्चिम तर्फ जान दिइएको छैन् ।

Advertisement

अहिले पनि उनीहरुको नाराबाजी जारी छ । प्रदर्शनमा सहभागीहरुले निम्न नारा लगाएका छन् ।

रवि जीबी को हुन ? सहकारी ठग हुन

Advertisement

जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ

गोर्खा मिडियामा लगेको रकम फिर्ता गर

हाम्रो बचत फिर्ता ले

सहकारी पीडितलाई न्याय दे

सहकारी पीडित एक हौ

सहकारी पीडित विरुद्ध राजनैतिक गतिविधि बन्द गर

जीबी राईलाई पक्राउ गर

पोखरालाई शान्त राख राख

तपाईको प्रतिक्रिया