प्रतिभा माविका सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड

पोखरा ।
पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्ट्रेलियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन् ।
अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको हो ।
तीनदशकदेखि शैक्षिक क्षेत्रमा योगदान दिएका सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा यस्तै अवार्ड प्रदान गरेको थियो ।
नेपालको शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तित्व र विद्यालयलाई कलेज रिडर्सले वर्षेनी पुरस्कृत गर्दै आएको छ । यसै अवसरमा प्रतिभा माविले काठमाडौं उपत्यका बाहिरको उत्कृष्ट प्लस टुको अवार्ड पनि पाएको छ ।
उत्कृष्ट नतिजा र व्यवस्थापनमा अब्बलताका सूचकका आधारमा विश्वविद्यालयका प्राज्ञिक ब्यक्ति संलग्न निर्णयक टिमको सिफारिसको आधारमा सम्मान गरिएको थियो । ‘यो सम्मान र अवार्डले पोखराको शैक्षिक क्षेत्र अझ उत्कृष्ट बनाउने जिम्मेवारी हामीमा थपिएको छ,’ सापकोटाले भने ।
पोखराको प्रतिभा माविले हरेकवर्ष हात पारेको बोर्ड परीक्षाको उत्कृष्ट रिजल्ट र बोर्ड परीक्षा पछि विभिन्न प्रवेश परीक्षामा हात पारेको उत्कृष्टताको आधारमा अवार्ड पाउन सफल भएको सापकोटाले बताए ।
प्रतिभाले यो वर्ष बिएससी नर्सिङतर्फ नेपालमै पहिलो र इन्जिनियिरङतर्फ नेपाल तेश्रो स्थान हात पारेको थियो । प्रतिभा माविमा पोखरामा सबैभन्दा बढी विद्यार्थीले अध्ययन गर्छन ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया