फन्ड नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत

समाधान संवाददाता २०८१ कार्तिक ९ गते ११:२०

पोखरा ।
मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ (म्युजुअल फन्ड) अन्तर्गत सञ्चालन हुने योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को इकाई जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।

Advertisement


मुक्तिनाथ विकास बैंक लिमिटेडले योजना व्यवस्थापक, डिपोजिटरी र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नका लागि आफ्नै सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ । यो योजना विकास बैंकले प्रवर्द्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष छ ।


नेपाल धितोपत्र बोर्डबाट कात्तिक ७ गते प्रति इकाई अंकित मूल्य १० दरको १० करोड इकाईले हुन आउने कुल १ अर्ब रकम बराबरको निष्काशन गर्नका लागि स्वीकृति प्रदान गरेको हो । कुल योजनाको आकारमध्ये १५ करोड रकम बराबरको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्ने छ भने बाँकी रहेको ८५ करोड रकम बराबरको ८ करोड ५० लाख इकाइमात्र सार्वजनिक निष्काशन हुनेछ ।


१० वर्षको अवधि रहेको उक्त योजना बन्दमुखी (क्लोज इन्ड) योजना छ । इकाईधनीहरुबाट संकलित रकम प्रचलित कानुन अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सूचिकृत धितोपत्र, निक्षेप, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य उपकरणहरुमा लगानी गर्ने योजना व्यवस्थापकले उल्लेख गरेको छ । योजना व्यवस्थापकले आफ्ना इकाईधनीहरुलाई दक्ष लगानी सेवाद्घारा उचित प्रतिफल दिनुका साथै व्यवस्थापकको हैसियतबाट सामुहिक लगानी कोष बजारको दिगो विकासमा सघाउ पुर्‍याउने उद्देश्यले योजना सञ्चालन गर्न लागिएको हो ।


निष्काशनसम्बन्धी अन्य प्रक्रिया सम्पन्न गरी आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रीमा ल्याउने मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । सामूहिक लगानी कोषका इकाईधनीहरु तथा सहभागीका हित संरक्षण कार्य गर्नका लागि कोष सुपरिवेक्षकका रुपमा डा नरहरि ढकाल, त्रिलोचन पंगेनी, वरिष्ठ अधिवक्ता मोतीराज गौतम, सिए अनिल पौडेल र सुनिता सिग्देल छन् ।

Advertisement

तपाईको प्रतिक्रिया