तरुणसँग गोविन्द भट्टराइको आग्रहः पार्टीको राम्रो कामबारे फेसबुकमा लेख्न तरुणलाई किन गाह्रो छ ?

तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालको प्रयोगले राजनीति प्रभावित पारिरहे पनि कांग्रेसका तरुणहरु यसप्रति अभ्यस्त नभएको गुनासो गरेका छन् । तनहुँको दमौलीमा नेपाल तरुण दल जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय महासचिवसमेत रहेका भट्टराईले भने, हामीले आफ्नाले गरेको राम्रो कामको पनि प्रचार गर्न सकेनौं । अरुले गर्नै नसक्ने कुराको प्रचार गरेर चुनाव जिते ।
सामाजिक सञ्जालको प्रयोग सही ढंगबाट गर्न तरुणहरु चुक्नुको परिणाम कतिपय ठाउँमा कांग्रेसले चुनावी हार भोग्नुपरेको औंल्याउँदै उनले भने, किन नेतृत्वको राम्रो प्रचार नगर्ने ? पार्टीको पक्षमा स्टाटस लेख्न हामीलाई किन गाह्रो छ ?
बीपी कोइरालाको निर्देशनमा २०१० कार्तिकमा स्थापना भएको दलप्रति बीपी कोइरालाको ठूलो भरोसा पनि रहेको भन्दै तर अहिले दलले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरे ।
दोस्रो महासचिव थिएँ म, उनले भने, राम्रोसँग सञ्चालन गर्न पाएको भए वैचारिक संगठनको रुपमा रुपान्तरण गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो । तर आज हाम्रो संगठनको अवस्था देख्दा केही नपुगेको जस्तो लागेको छ, उनले भने ।
श्रीमतीको पनि भोट हाल्न नसक्ने संगठनले कसरी काम गर्ला ?
तनहुँमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेसँग पराजित भट्टराईले विकासको कामले मात्र चुनाव जित्ने अवस्था नभएको भन्दै क्रियाशिल सदस्यले परिवारको समेत मत तान्न नसकेको गुनासो गरे ।
क्रियाशिल भनेको सधैं सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए ।
व्यास नगरपालिकामा क्रियाशिलले ३ भोट पनि तान्न सकेनन्, उनले भने, घण्टीको असर परेको देवघाटले तानेको जति भोट यहाँ किन तान्न सकिएन ? क्रियाशिलले श्रीमतिको भोट पनि किन पार्टीमा तान्न सकेनौं, समीक्षा हुनुपर्छ ।
नेपाललाई भुटान बनाउनुपर्छ भन्दा हामी किन प्रतिकार गर्दैनौं ?
केन्द्रीय सदस्य भट्टराईले विपक्षीका गलत कामको प्रतिवाद हुन नसक्दा कांग्रेसले गरेका काम ओझेलमा परेको र उनीहरु हावी भएको दाबी गरे ।
कोही सानो देशको अन्डरमा बस्नुपर्छ भन्छन् भुटानको स्टाटसमा राख्नुपर्छ भन्छन्, उनले भने, तर त्यसको प्रतिकार हामी गर्दैनौं ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया