रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको नेतृत्वमा तिवारी

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा– ३२ उपशाखाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले विन्दुराज तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको महिला उपसभापतिमा विमलाकुमारी थापा बस्नेत, सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा कीर्तिराज खनाल, उपसचिवमा भक्तबहादुर केसी, उपकोषाध्यक्षमा राजकुमार श्रेष्ठ, महिला सदस्यमा देवी तिवारी निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यमा महेन्द्रराज धमला, प्रकाश पन्थी, मनमाया लामा र कृष्ण बस्नेत छन् ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले रेडक्रसको भवन निर्माणका लागि आफू सदैव सकारात्मक भएको बताए । उनले वडा भित्रका हरेक विकास निर्माणमा सबैको एकतावद्ध र सामुहिक प्रयास आवश्यक भएको बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा – ३२ उपशाखाका सभापति किसान परियारले विपद् लगायतका हरेक गतिविधिमा उपशाखा क्रियाशिल बनेको बताए । भवन निर्माण कार्यलाई निष्कर्षमा पुर्याउन सबैको साथ र सहयोग आवश्यक हुनेमा उनले जोड दिए । तनहुँ जिल्लासँग समेत जोडिएको यस क्षेत्रमा एम्बुलेन्सको अपरिहार्य आवश्यकता रहेको उनले बताए ।
उपशाखाका पूर्व सभापति मेघराज पौडेलले उपशाखा स्थापना भए यता संस्था निरन्तर क्रियाशिल बनिरहेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल रेडक्रस जिल्ला उपसभापति, विपद् व्यवस्थापन समितिका संयोजक एवम् निर्वाचन समितिका संयोजक उर्मिला खड्का, प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख एवम् निर्वाचन समिति सदस्य अर्जुन ज्ञवाली, जिल्ला शाखाका कर्मचारी एवम् निर्वाचन समिति सदस्य सञ्जय पौडेल, नेपाली कांग्रेस पोखरा – ३२ का सभापति कुलप्रसाद अधिकारी, नेकपा माओवादीका पार्टी प्रतिनिधि अर्जुन मल्ल, आजीवन सदस्यद्वय बसुन्धरा पौडेल, विष्णुबहादुर बस्नेत, गोगन मावि जुनियर रेडक्रस सर्कलका संरक्षक मोहनराज बराल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया